images
images
  • मोरङ प्याब्सनमा पहिलो पटक महिला अध्यक्ष सुब्बा निर्वाचित

    विराटनगर- निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङ अध्यक्षमा सीतला सुब्बा निर्विरोध निर्वाचित भएकी छिन् ।

    प्याब्सन मोरङको १५ औं जिल्ला अधिवेशनबाट सुब्बा निर्विरोध अध्यक्षमा निर्वाचित भएकी हुन् । प्याब्सन मोरङको अध्यक्षमा महिला निर्वाचित भएको यो पहिलो पटक हो ।

    प्याब्सनका अनुसार २०४७ सालमा संगठन स्थापना भएयता महिला अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिएनन् ।

    यसअघि कार्यवहाक भएर सावित्री पराजुलीले चलाएकी थिइन् । उनी विराटनगरस्थित सुम्निमा बोर्डिङ स्कुलकी प्रिन्सिपल हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images