images
images
  • कांग्रेस महाधिवेशन: केन्द्रीय सदस्य पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी दिने

    काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सह–महामन्त्रीमा बद्री पाण्डेले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    ४औं महाधिवेशनमा पिछडिएका कोटाबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सोमबार बिहान अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरेर पाण्डे संस्थापन इतर पक्षबाट सहमहामन्त्री लड्ने बताएका हुन् ।

    ‘म १२औँ महाधिवेशनमा सेती अञ्चलबाट र १३ औँ महाधिवेशनमा खुल्लातर्फवाट २५ जनाबाट केन्द्रीय सदस्यमा निर्वाचित भईसकेको छु,’ पाण्डेले पत्रकार सम्मेलनमा भने, ‘अहिले पदाधिकारी तहमा जानु पर्छ भन्ने लागेर सहमहामन्त्रीमा उम्मेदवारी दिने सोचेको हुँ ।’ उनका अनुसार कांग्रेस केन्द्रिय समितिमा पदाधिकारीको संख्यासमेत बढेको अवस्थामा पिछडिएको क्षेत्र बाजुराको नागरिक भएको उल्लेख गर्दै पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेदवारी जानकारी दिएका हुन ।

    नेपाल विद्यार्थी संघको राजनीतिबाट काँग्रेसमा प्रवेश गरेका पाण्डेले १५औं महाधिवेशन सहमहामन्त्री उम्मेदवार नदिने आजै घोषणाा गरे । उनले भने, ‘म सहमहामन्त्री १५औं महाधिवेशन उठ्ने छैन । सके महामन्त्री वा उपसभापति बन्ने प्रयास गर्ने छु । त्यो सम्भव नभए म कुनै पदमा उम्मेदवार नबन्न पनि तयार छु ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images