images
images
  • माओवादीको नगर कमिटीले भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गर्ने

    खोटाङ- नेकपा (माओवादी केन्द्र) खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीले भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गर्ने घोषणा गरेको छ । शनिबार सम्पन्न प्रथम नगर सम्मेलनबाट गठित नगर कमिटीले आइतबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै नगरभित्र भइरहेका भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।

    कतिपय योजनाको बिल भर्पाईदेखि गुणस्तर निरीक्षण र मूल्यांकन गरेर अख्तियारसम्म पुर्‍याउनले गरी पार्टी कमिटी अघि बढ्ने माओवादी केन्द्रका दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी अध्यक्ष विसन राईले बताए । उनले प्रशासनिक काम कारबाहीमा हुने ढिलासुस्ती र अनियमितता रोक्न नागरिक अभियानमा जोड दिइने बताए ।

    यस्तै, संविधानले सुनिश्चित गरेका नागरिकको हक तथा अधिकारको रक्षार्थ देशभक्त नागरिकलाई आफ्नो पार्टीमा संगठित गर्न अभियान सञ्चालन गर्ने, माओवादी आन्दोलनमा सहभागी भइ बीचमा छुटेका कार्यकर्तालाई पुनः पार्टीमा फर्काउने कार्यक्रम गर्ने, युवा, महिला, विद्यार्थी र दलित समुदायलाई अवसरमा प्राथमिकता दिनेलगायतका निर्णय गरिएको अध्यक्ष राईले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images