images
images
  • तेह्रथुममा गोरुले कुल्चिँदा एक महिलाको मृत्यु

    तेह्रथुम- तेह्रथुम जिल्लाको छथर गाउँपालिका ३ पन्चकन्यामा बिहीवार दिउँसो करिब ३ बजे गोरुले एक महिलालाई कुल्चिँदा मृत्यु भएको छ ।

    घरमै घाम ताप्दै बसिरहेको बेला बिक्रीका लैजाँदै गरिएको गोरुले एक्कासी कुल्चिदा ८८ बर्षाका भुवानिमाया लिम्बूको मृत्यु भएको थियो स्थानीय चीनकुमार लिम्बूले जानकारी दिए ।

    मृतक लिम्बुको शवलाई पोस्टमार्टमका लागि धनकुटा पठाइएको शुक्रबारे प्रहरी चौकीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images