images
images
  • कारागारमा अनियमितता : जेलभित्र जुवा र मदिरा पार्टी, जेलरलाई लाखौं घुस

    बाँके- जेलरको संरक्षणमा जिल्ला कारागार बाँकेमा अनियमितता मौलाएको छ । जेलर रामकुमार सोनुकरले जेलभित्रै कैदी बन्दीलाई जुवा खेल्न दिनेदेखि मोबाइल समेत प्रयोगमा दिएका छन् ।

    लामो समयदेखि जेलरका रुपमा कार्यरत जेलर सोनुकरले दशैंमा मात्र कैदीबन्दीबाट ३० लाख रुपैयाँ असुलेका थिए । महंगोमा पसल सञ्चालन गर्न दिने तथा टेलिफोनमा बढी असुलेको पैसा जेलको आन्तरिक प्रशासनमार्फत उनले लिएका हुन् ।

    जेलमा केही धनाढ्य कैदी बन्दीले मोबाइल समेत रहेका छन् । करिब २५ जनाले मोबाइल राखेको जेल स्रोत बताउँछ । उनीहरुले मासिक रुपमा जेलरलाई घुस बुझाउने गरेका छन् । त्यस्तै आउट जान दिएर समेत पैसा असुली हुने गरेको छ । जेलमा चौकीदार, नाइके र भाइनाइकेको छनोटमा समेत आर्थिक चलखेल हुँदै आएको छ ।

    यसमा जेलका कारागारको सुरक्षामा खटिएका सइको समेत मिलेमतो छ । उनले भने मासिक २० हजार आन्तरिक प्रशासनबाट लिने गरेका छन् । जे्लर र प्रहरीलाई हात लिएर जेलका चौकीदार र नाइकले कैदीहरुमाथि शोषण बढाएका छन् ।

    जेलमा दैनिक जसो जुवाखाल हुने गरेको र शुक्रबार रक्सीसहितको भोज चल्ने गरेको छ । जून सिडिओ जिल्लामा आउँदा पनि खुशी बनाएर जेलर सोनुकर त्यही बस्दै आएका छन् । यसअघि जिल्ला प्रशासनमा हुँदा भारतीय नागरिकता दिएको विषयमा पनि उनी विवादमा परेका थिए । -दृष्टि न्यूज

    प्रतिक्रिया दिनुहोस्
    images
    images