images
images
  • हृदयेश त्रिपाठी समूहका प्रभावशाली नेता मिश्र एमाले प्रवेश, अध्यक्ष ओली भन्छन्, ‘देशैभर एमालेमा आउनेको लहर छ’

    नेपालगन्ज- हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहका प्रभावशाली नेता पशुपति दयाल मिश्र नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

    बुधबार नेपालगन्जमा आयोजितमा पार्टी प्रवेश कार्यक्रममा मिश्रसहित हजारौं नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । बाँकेका तीन हजार बढी एमालेमा प्रवेश गरेको बताइएको छ ।

    पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हजारौं नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।

    पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशैभर एमालेप्रति जनताको लहर बढ्दै गएको बताएका छन् । उनले भने, ‘देशैभर एमालेमा आउनेको लहर चलेको छ ।’

    ओलीले बाँके जिल्ला नेकपा एमालेको किल्लामा परिणत भएकोसमेत बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images