images
images
  • आगलागी हुँदा १९ लाखको क्षति

    कुम्मायक गाउँपालिकाको एक घरमा आगलागी हुँदा रू १९ लाख ४६ हजारको क्षति भएको छ । प्रहरीका अनुसार वडा नं ४ यासोक बजारका प्रकाश काफ्लेको चार तल्ले घरको चौथो तल्लामा आज बिहान आगलागी हुँदा काठ, जस्ता र प्लाईले बनेको चौथो तला जलेर नष्ठ हुँदा उक्त क्षति भएको हो । खाना पकाउने ग्यास चुहिँदा भएको सो आगलागी स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images