images
images
  • चट्याङ लागेर भाइको मृत्यु, दाजुसहित तीन घाइते, भैंसी पनि मर्‍यो

    काठमाडौं । बैतडीको डिलाशैनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् ।

    सोमबार साँझ चट्याङ खस्दा डिलाशैनी गाउँपालिका-५ खालीबाटा महेश लुहारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मृतकका दाजु अम्बे लुहार, भिनाजु हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखरका दिपक महर घाइते भएका छन् ।

    मृतक लुहारका श्रीमती र एक छोरा छन् ।

    स्वाखानीबाट भैंसी ल्याउँदै गर्दा चट्याङ खसेको स्थानीय मनिराम भुलले जानकारी दिए । उनीहरु भैंसी किनेर ल्याउँदै थिए । तर, ७० हजारमा किनेको भैंसी पनि चट्याङ लागेर मरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images