images
images
  • ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

    तेह्रथुम – लालिगुराँस नगरपालिका-४ मा टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

    शनिबार बिहान ५ बजे भएको दुर्घटनामा टयाक्टर चालक २२ बर्षका पञ्चबहादुर मग्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ । ट्याक्टरमा सवार खेम सार्की उपचारको क्रममा लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरीचौकी बसन्तपुरका इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले बताए ।

    चित्रेबजारबाट फुले जाँदै गरेको को२त ८४३६ नम्बरको टयाक्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी म्याङलुङ-७ का दावा सेर्पा र लालिगुराँस-४ का पवन राई घाइते भएका छन् । घाइतेलाई बिपी कोइराला विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images