बाजुरा – बाजुराको बुढीगंगा नगरपालिका ८ का ५० बढी युवाले नेपाली कांग्रेस परित्याग गरि नेकपा एमाले प्रवेश गरेका छन् ।
देशको भविष्य र समृद्धि बोकेको पार्टी एमाले नै रहेको निष्कर्षसहीत युवाहरुले नेकपा एमाले रोजेका हुन् । नव प्रवेशी युवाहरुलाई नेकपा एमाले नेता भरत थापाले औपचारिक कार्यक्रमका बीच स्वागत गरे । बुढीगंगा नगरपालिका जितेर पनि जितको आभाष गर्न नपाएको र जनजीवीकाका सवालमा कांग्रेस नेतृत्वको स्थानीय सरकार लाचार र गैर जिम्मेवार देखिएको निष्कर्ष सहीत एमाले रोजेको युवाहरुको भनाई छ ।
कांग्रेस त्यागेर एमाले रोज्नेमा बुढीगंगा नगरपालिका ८ का विराज रावल जमिन, विरु कुमाल, रुपक कुमाल, सुरुत रावल, भीम ओड, देव ओड, राकेश रावल, दिनेश कुमाल, नर कुमाल लगाएत ५० बढी युवा रहेका छन् । आफू सहीत सिंगो परिवारलाई समेत एमालेमा आवद्ध गराउने बचन नवप्रवेशी युवाहरुले दिए ।
कांग्रेसमा सरकारको नेतृत्व गर्ने देखि गाउँ स्तरको नेता कार्यकर्तामा कुनै नयाँ विचारको बहस र युवा वर्गका लागि प्रष्ट योजना नदेखिएकोले एमाले राजेको नवप्रवेशी विराज रावल जमिनले बताएका छन् । रावल नेपाली काँग्रेसका युवाहरु माझ चर्चीत अनुहार हुन् ।
नेकपा एमाले बुढीगंगा ८ नम्बर वडा कमिटी आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नवप्रवेशीलाई स्वागत गरेको नेकपा एमालेका नेता भरत थापाले बताएका छन् । नेपाली जनताको मनमा नेकपा एमाले रहेको र युवाहरुको विश्वास पनि ओली माथि नै रहेको भन्ने पुष्टी युवा आकर्षणले देखाएको नेता थापाको दाबी छ ।
पार्टी प्रवेश कार्यक्रममा पार्टी भित्रको आपसी समस्याले स्थानीय तह काँग्रेसको पक्षमा गएपनि आगामी निर्वाचनले ठिक उल्टो परिणाम आउने नेकपा एमाले नेता हिक्मत थापाले बताएका छन् ।
वडा कमिटी अध्यक्ष नौले सुनारको अध्यक्षतामा आयोजित भेलाको प्रमुख अतिथि नेकपा एमाले नेता भरत थापा रहनु भएको थियो । भने एमाले नेता हिक्मत थापा, कृष्ण थापा, केशवराज जैशी, धर्मराज जैशी अतिथि रहनु भएको थियो । कार्यक्रमको सञ्चालन भोजबहादुर थापाले गरेका हुन् । पछिल्लो समय देश व्यापी रुपमा युवाहरु एमाले प्रवेशको लहर नै चलेको छ ।
तस्विर नजिक न्युज


विश्व खबर 






















