images
images
  • श्रीमान‍्को हत्या आरोपमा श्रीमती पक्राउ

    • images
    • १ आश्विन २०७८

    दाङ– श्रीमान‍्को हत्या गरेको आरोपमा दाङमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । ५० वर्षीया छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराति पक्राउ गरेको हो ।

    चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मनसरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

    सम्पत्तिको विषयमा विवाद हुँदा मनसराले घाँटी थिचेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । प्रहरीका अनुसार हत्याबारे अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images