images
images
  • तत्कालीन माओवादीद्धारा हत्या गरिएका गुरुको स्मारिका सार्वजनिककरण

    काठमाडौ – तत्कालीन माओवादीद्धारा हत्या गरिएका ओखलढुंगाका शिक्षक गुरु लुइटेलको स्मृतिमा लेखिएको स्मारिक सार्वजनिककरण गरिएको छ। शनिबार राजधानीमा गुरु लुइटेल अध्यायन तथा विकास समाजले आयोजना गरिएको सो कार्यक्रममा एमाले स्थायी समिति सदस्य प्रदिप ज्ञावली, नेपाली कांग्रेसका सह महामन्त्री रामहरी खतिवडा, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, चरण प्रसाई, एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगाका इन्चार्ज यज्ञराज सुनुवार लगायतले संयुक्त रुपमा सार्वजनिककरण गरेका हुन् ।
    कार्यक्रममा बोल्दै एमाले स्थायी समिति सदस्य प्रदिप ज्ञावलीले सशस्त्र जत्थाले गुरुको हत्या गरेको भन्दै त्यो कदापी स्वीकार गर्न नसकिने बताए। उनले शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न केही कानुन बनाउन बाँकी रहेको भन्दै सरकारलाई त्यसमा ध्यान दिन आग्रह गरे।
    कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाले अहिलेको सरकारलाई जनताले नचिनेको बताए। उनले वर्तमान सरकार लोकतन्त्र र परिवर्तन विरोधी भएको आरोप लगाए।
    एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले गुरुको हत्या भएको यति लामो समय वितिसक्दा पनि दोषि लाई कानुनको कठघरामा ल्याउन नसक्नु दुखद भएको बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images