images
images
  • स्वास्थ्य सामग्रीमा कांग्रेसको झन्डा, एमालेको विरोध

    धनकुटा- धनकुटामा नेपाली कांग्रेस र सूर्यबहादुर थापा प्रतिष्ठानको झन्डा अंकित स्वास्थ्य सामग्री वितरणको तयारी भएपछि प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले विरोध गरेको छ ।

    पूर्वमन्त्री तथा कांग्रेस सहमहामन्त्री सुनीलबहादुर थापाले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि, अक्सिजन सिलिण्डर, सर्जिकल मास्क, अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर लगायत सामग्री वितरणको तयारी गरेका थिए ।

    तर, स्वास्थ्य मन्त्रालयबाट प्राप्त सामग्रीमा थापाले कांग्रेसको प्रचार गरेको भन्दै धनकुटा एमाले धनकुटाले सामान राखिएको स्थान प्यासिफिक होटल घेराउ गरेको छ ।स्वास्थ्य सामग्रीको दुरुपयोग भएकाले प्रशासनले जफत गर्नुपर्ने एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले बताए । उक्त सामग्री जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थान समितिमार्फत् वितरण गरिनुपर्ने उनको माग छ ।

    थापाले भने दाताको सहयोगमा प्रतिष्ठानले संकलन गरेको सामग्री धनकुटामा वितरण गर्न लागिएको बताए । ‘म सरकारी सामान प्रतिष्ठानको नाम लिएर किन बाँड्छु रु, यसमा सरकारको एक पैसा पनि खर्च भएको छैन,’ उनले दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images