images
images
  • यौन दुर्व्यवहारको आरोपमा ट्राइकोट इण्डष्ट्रिजका सीईओ पक्राउ 

    विराटनगर-विराटनगर  महानगरपालिका– १३ मा रहेको तयारी पोशाक उत्पादन गर्ने ट्राइकोट इण्डष्ट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत सञ्जय चाण्डोकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सीईओ चाण्डकले पटक–पटक आफूहरुमाथि दुर्व्यवहार गरेको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएका हो ।

    सीईओ चाण्डोकले महिला मजदुरहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको साथै पुरूष श्रमिकहरूलाई कामबाट निकाल्ने धम्की दिन गरेको भन्दै उद्योगका करिब तीन सय श्रमिकहरूले आन्दोलन गरेका थिए । नियन्त्रणमा लिएर सीईओलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

    सीईओ भारतीय नागरिक हुन् । उनले महिला कामदारहरुलाई राति फोन गर्ने, विभिन्न प्रश्नहरु गर्ने, काममा चित्त नबुझेको भन्दै दबाब दिने जस्ता गतिविधि गर्ने गरेको आरोप मजदुरहरुले लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images