गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने आसन्न निर्वाचनमा केन्द्रिय अध्यक्ष पदका लागि तीन जनाको उमेदवरी हुने निश्चित प्रायः छ ।डा.बद्रि केसी र कुल अचार्यले उमेद्वारीको घोषणा गरिसकेको अवस्थामा अमेरीकाबाट महिला उपाध्यक्ष रविना थापाले पनि अध्यक्ष पदका लागि उमेद्वारी दिने घोषणा गरेकी छन् ।
मध्यपूर्व र वैदेशीक रोजगारीका मामिलामा लामो अनुभव भएका डा. केसी एनआरएनएको विभिन्न पदहरुमा रहेर समेत लामो समय काम गरेका व्यक्ति हुन् । डा. केसी एनआरएनएको केन्द्रिय समितिमा एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेका छन् ।
संघको १० औ महाधिवेशन तथा नयाँ नेतृत्वका चयनका लागि हुने निर्वाचन आगामी अक्टोबरमा हुँदैछ । एनआरएनए नयाँ नेतृत्वको विषयमा अध्यक्षको प्रत्यासी डा. केसीसँग विश्व खवरले गरेको कुराकानीको सम्पादित अंशः
एनआरएनलाई सुधृढिकरण गर्न तयाइँका योजनाहरु के–के छन् ?
विगतको दुई वर्षमा हामीले एनआरएनएको सुधृढिकरणको धेरै कुराहरु गरेका छौँ । सन् २०१३ देखि विशेष साधारणसभा गर्ने र विधान सच्याउने अभियान सूरुवात गरेका थियौँ । तर विशेष साधारणसभा अथवा विधानसभा हुन सकेको थिएन । अहिले हामीले विशेष साधारणसभा र विधानसभा गरेर विधानका कुराहरुमा धेरै परिमार्जन गरिसकेका छौँ । जसरी संस्था अहिले ठूलो भएको छ, हामी अहिले संस्थागत रुपमै ८४ ओटा देशमा फैलिएका छौँ । त्यसमा १ लाख १० हजार पञ्जिकृत सदस्य छौँ । हामी भौगालिक र संख्यात्मक रुपमा ठूलो संस्थाका रुपमा छौँ । यति ठूलो संस्थाको मेरुदण्ड भनेको विधान हो । हामी जति ठूलो संस्था बन्दै गयौँ त्यहि किसिमले विधान संसोधन हुन सकेको थिएन । अहिले समय सापेक्ष रुपमा विधान परिवर्तन भएको छ । हामीले एनआरएनएको चुनाव भौतिकरुमा काठमाडौमा नै गर्ने गर्थेउँ, त्यसमा चुनावका विसंगतिहरु थिए । हाम्रो सुधृढिकरण भनेको नै चुनावको विसंगति हटाउनु ठूलो च्यालेन्ज थियो । हामी चुनावमा दलगत राजनीतिक प्रभाव कम होस भन्ने चाहन्थौँ । त्यसकारण हामी यो वर्षदेखि चुनाव अनलाईन माध्यमबाट गर्ने तयारीमा छौँ । अनलाईमाध्यमबाट गरिएको भोटिङ सिस्टम सबैले विस्वास गर्न सक्ने, फेस रिडिङ गर्न सक्ने किसिमबाट भोट गर्न सकिने व्यवस्था यो वर्षदेखि गर्दै छौँ । डेलिगेटको लागि अर्थात भोटको लागि अब काठमाडौँ आइरहन पर्दैन । हरेक एनआरएनले आ–आफ्नो देशबाट भोट हाल्न र केन्द्रिय नेतृत्व छान्न सक्छ ।
एनआरएनएको केन्द्रिय नेतृत्व चयनका लागि हुने भिडभाड घटाउने योजानमा हो तपाइँहरु ?
हो हामी काठमाडौंमा हुने चुनावी भिड घटाउने र त्यसलाई डिजिटल माध्यमबाट डेलिगेड सदस्यले भोट गर्न पाउने व्यवस्था गर्दै छौँ । अब डेलिगेड फि लाग्दैन । फ्रिमा भोट हाल्न सक्ने व्यवस्था मिलाएका छौँ । यो वास्तवमा नयाँ यूगको सुरुवात हो । किनभने काठमाडौँमा चुनाव हुँदै गर्दा पैसा र राजनीतिक प्रभावको विसंगतिहरु थियो ।
अहिले पनि त्यस्ता खालका आरोप त छन् ?
अफ्कोर्ष आरोप छ । आरोप भएपछि परिवतएन गर्नुपर्छ भनेर हामीले यसलाई परिवर्तन गरेका छौँ । अब आगामी कार्यकालका लागि अक्टोवरमा हुने चुनाव काठमाडौंमा भिडभाड भएर हैन अनलाइनका माध्यमबाट हुन्छ । आ–आफ्नो देशबाट हामी चुनावमा भाग लिन्छौँ । चुनाव सकिएपछि दशैँ र तिहारको बीचमा २३ र २४ अक्टोबरमा हामी नेपालमा विश्व सम्मेलन गर्ने छौँ । हामी विभिन्न थिमहरुमा डिस्कसन गर्छौ । नेपाल सरकारसँग लविङ गर्न पर्ने विषयहरुमा छलफल गर्छौ ।
नेताहरुसँग लविङका लागि तपाइँहरु तयार भइरहँदा राजनीतिक प्रभाव पर्छ होला नी चुनावमा ?
नेताहरुसँग, राजनीतिक दलहरुसँग हाम्रो दुस्मनी हैन । हामीले नेपाल सरकार र नेपालमा भएका राजनीतिक दलहरुसँग सहकार्य गर्ने भनेका छौँ । त्यो सहकार्य हुन्छ । उहाँहरुसँग हाम्रो राम्रो सहकार्य कोअपरेशन हुनुपर्छ । र हामीले हाम्रा एजेण्डाहरु लविङ गर्ने पनि उहाँहरुको माध्यमबाट नै हो । एनआरएनएको नेतृत्वमा आउँदा राजनीतिक पार्टीले भातृसंगठनका व्यक्तिहरुलाई जिताउन पर्यो भन्ने दलगत प्रभाव हुन्छ त्यो प्रभाव एनआरएनएमा हुन हुँदैन भन्ने नै हो ।
तपाइँले एनआरएनको मुद्धामा मध्यपूर्वका विषय र वैदेशिक रोजगारीका विषयमा समेत काम गरेको अनुभव छ । एनआरएनएको नेतृत्वमा आउनुभयो भने वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको समस्या समाधानमा तपाइँको भूमिका के हुन्छ ?
पछिल्लो समय वैदेशिक रोजगारीका धेरै मुद्धाहरु सुल्झिएका छन् । सुरुमा यो संस्था स्थापना हुँदाको समयको कुरा गर्नुहुन्छ भने । विदेशमा मरेको लास कस्ले उठाउला भन्नेखालका समस्याहरु थियो । आज कम्सेकम श्रम स्वीकृति लिएर गएका व्यक्तिहरु त्यहाँ मृत्यु भयो भने वैदेशिक रोजगार कल्याणकारी कोषबाट शव व्यवस्थापन हुन्छ । शव काठमाडौं आउँछ, इन्सुरेन्सको दशलाई पाइन्छ । श्रम स्वीकृति सँधै काठमाडौँबाट मात्र हैन एम्बेसीहरुबाट पनि लिन सकिन्छ । त्यहिँ बसेर रिनु गर्नुपर्छ भनेर हामीले आवाजहरु पनि उठाइरहेका छौँ । अँझ महत्वपूर्ण विषय के छ भने, वैदेशिक रोजगारीमा जाँदा हामी सामान्यतया २० देखि २५ वर्षका योङ मान्छेहरु जान्छौँ फर्किँदा ४०/५० वर्षका बुढा भइसकेका हुन्छौँ । बीचको समयमा कमाएको पैसा नेपाल पठाइसकिएको हुन्छ । त्यो घरखर्चमै सकिरहेको हुन्छ । बुढेसकालमा पेन्सनमा पाउनुपर्ने बेला पैसा विहिन हुनुपर्ने अवस्था छ । त्यसको लागि हामी सोसियल सेक्यूरिटीका लागि अथवा विदेशमै बसेर पनि पेन्सन फर्ममा पेन्सन जम्मा गरेर बुढेसकालमा पेन्सन पाओस भन्ने हाम्रो सबैभन्दा ठूलो अभियान छ । यो अभियानमा हामीले नेपाल सरकारसँग धेरै लविङ गरेका छौँ । पेन्सन फर्मका लागि परिमार्जन गर्नुपर्ने बाइलजहरु पनि परिमार्जित भइसकेको छ ।
लिगल रुपमा मात्रै मान्छेहरु वैदेशिक रोजगारीमा पठाउने र विदेशमा बस्दा पनि नेपालमा पेन्सन पाउने व्यवस्था मिलाउन सकियोस । नेपाल सरकारले पैसा दिने भनेको हैन कि हामीले कमाएर जम्मा गरेको पैसा बुढेसकालमा पेन्सनको रुपमा उपयोग गर्न सकियोस भन्ने हो । अर्को कुरा भनेको महिलाहरुको ठूलो समस्या छ । महिलाहरु इलिगल रुपमा अन्य तेस्रो देशहरु प्रयोग गरेर विदेशीयका छन्, ती कुराहरु पनि रेगुलेशन हुनुपर्छ भन्ने हामी चाहन्छौँ ।
एनआरएनएको कोष र लगानीका विषयमा जानकारी गराईदिनुहोस न ? कस्तो किसिमले नेपालमा एनआरएनए लगानी गर्न तयार छ र गर्दैछ ?
कोष र लगानी फरक–फरक कुरा हो । अहिले एनआरएनहरुले नेपालमा ठूलो लगानी गरेका छन् । त्यो लगानी ठूल्ठूला लगानी गर्नसक्ने व्यक्तिहरुको मात्रै भएको छ । तर सामूहिक लगानी त्यति प्रायः ठूलो मात्रामा भएको छैन । केहि मात्रामा भएका छन् । तर हामी चाहन्छौ कि स–साना लगानी गर्न सक्ने साथीहरुबाट एक दुई लाख मात्रै पनि लगानी गर्न सक्ने साथीहरुबाट यहाँ लखौँको लगानी होस भनेर हामीले शुरु गर्न खोजेको त्यो ड्रिम प्रोजेक्ट थियो । अब चाहीँ हामीले १० अर्बको कम्पनी खोलेका छौँ । त्यो १० अर्बको कम्पनीमा ५० करोड रुपैयाँ नेपाल सरकारको लगानी छ । शूरुको एक अर्ब रुपैयाँ एनआरएनएका संस्थापकहरुको लगानी छ । बाँकी साँढे ८ अर्ब रुपैयाँ वैदेशिक रोजगारीमा गएका र स–साना लगानी गर्ने साथीहरुले कम्सेकम एक हजार रुपैयाँबाट शेयर किन्न सक्ने व्यवस्था मिलाएका छौँ । त्यो कम्पिनी दर्ता भएर अगाडि बढिसकेको छ । त्यो पब्लिक कम्पनीका रुपमा अगाडि बढ्छ । त्यो पब्लिक शेयर पनि ८५ प्रतिशत शेयर वैदेशीक रोजगारीमा गएका एनआरएनहरुले मात्र किन्न पाउने प्रावधान भएर त्यो कम्पनी आउँदै छ । त्यो कम्पनी अहिले १० अबैको छ भने त्यसलाई हामी विस्तारै पूँजी बृद्धि गर्दै लैजानेछौँ । यो कम्पनीलाई हामी नेपालकै सबैभन्दा ठूलो कम्पनी बनाउने र एनआरएनहरुको लगानी उत्पादन मूलक क्षेत्रमा हामी लगानी गछौँ ।
तपाइँहरु दोहोरो नागरिकताको विषयलाई पनि आफ्नो मुद्धा बनाईरहनुभएको छ । यो विषय कहाँ पुग्यो ?
दोहोरो नागरिकता भन्दापनि नेपाली नागरिकताको निरन्तरताको भन्ने हो । अर्को चाहिँ हाम्रा गोर्खाजहरु २ सय बर्ष भन्दा पहिलेदेखि इङ्ल्याड, यूकेमा काम गर्दैै आएका छन् । बेलायती सेनामा काम गर्दै आएका छन् । उनिहरु त्रिपक्षीय सन्धीबाट गएका छन् । उनिहरुको नागरिकताको निरन्तरताको कुरा नै हो । र अहिलेको नेपालको संविधान २०७२ ले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सहितको नागरिकता लिन पाउने व्यवस्था गरेको छ । यद्यपी त्यो खालको कानुन बनिसकेको छैन । र त्यो कानुन बनाउनको लागि हामीले सम्बन्धित मन्त्रालयहरुमा हामीहरुले बारम्बार लविङ गरेपछि त्यो कानुन बनेर नागरिकता ऐन तयार भएको छ । गैरआवसीय नेपालीहरुलाई नागरिकता दिने भन्ने त्यो ऐनमा आएको छ । यद्यपी नागरिकताका अन्य विषयहरु नागरिकता ऐन बन्दाखेरी गैरआवसीय नेपालीको मात्रै छुट्टै नभएर त्यहाँ अन्य नागरिकताको पनि कुरा भएको कारणले गर्दा ती विषयहरु नटुङ्गीएर सदनमा पेस हुन सेकेको छैन । सदनमा नागरिकता विदेयक पेश हुनासाथै गैरआवसीय नेपाली नागरिकता एनआरएनहरुले लिन सक्ने खालको प्रावधान अल्रेडी छ ।
यो विषयमा तपाइँहरु आफैँमा पनि मतभिन्नता छ भन्ने कुरा छ । मतभिन्नता छ हो ?
ठूलो संस्था विभिन्न मतहरु भईनै हाल्छ । १ लाख १० हजार भन्दा बढि पञ्जिकृत सदस्य छौँ । फरक मत त भइनै हाल्छन् । तरपनि समस्तमा हामी सबै यी मुद्धाहरुमा एकजुट नै छौँ ।
सभ्यताको पहिचान बोकोका मुलुकहरुबाट नेपालमा आएर चुनावका समयमा तपाइँहरुले आफू आफैँमा गर्ने अभद्र र भैझगडाले नेपाली समाजले के सिक्ने भन्ने प्रश्न पनि छ तपाइँहरुलाई ?
हामी एनआरएन फरक मुलका मान्छे हैनौँ । हामी नेपाली नै हौँ । २/४ बर्ष, १०/२० वर्ष विदेशमा बसेका मात्रै हौँ । र हाम्रो संस्थाको मुल लक्ष्य भनेकै हामीले विदेशमा सिकेका राम्रा संस्कारहरुलाई नेपालमा ल्याउनु नै हो । यदि हाम्रा नराम्रा संस्कारहरु छन् भने त्यस्लाई त्याग्ने र त्यसलाई सुधार्ने नै हो । गएको चुनावमा नेपालको चुनाव भन्दा फरक हुन सेकन । त्यसकारण हामीले त्यसलाई तुरुन्तै करेक्सन गरिसकेका छौँ । अब हाम्रो चुनाव भौतिक चुनाव हुँदै हुँदैन । आगामी रुपमा अनलाइनबाट चुनाव हुने हुँदा त्यस्ता खालका गतिविधिहरु हुँदैनन् ।
एनआरएनएको नयाँ नेतृत्वमा आउनुभयो भने तपाइँका नयाँ योजना र लक्ष्यहरु के–के छन् ?
सर्वप्रथम त यति लामो समय काम गर्दा संस्थाले आफ्नो मार्ग निर्देशन गरिसकेको छ । मुख्यतः वैदेशीक रोजगारीमा गएका साथीहरुको समस्यालाई सिस्टमाइज गर्ने, हल गर्ने । दोस्रो, नेपालमा अहिले बर्षको १० खर्ब रकम वैदेशिक रोजगारीबाट आउँछ । त्यो भनेको देशको २४ प्रतिशत जिडिपी हो । र त्यसलाई उत्पादनमुलक क्षेत्रमा परिवर्तन गर्ने । हाम्रो कम्पनी सुरु भईसकेको छ । कम्पनी सूरु हुँदैमा तुरुन्तै भईहाल्छ भन्ने हैन । त्यसको तयारी भईरहेको छ । तेस्रो, हामी नेपालको मात्रै कुरा गरिरहेका विदेशमा रहेका ७० लाख भन्दा बढि नेपालीहरुका आ–आफ्नै समस्याहरु पनि छन् । विदेशमा बस्दा विदेशमा भएका एनआरएनहरुको बीचको इन्टिग्रेटिभ बढाउने र त्यहि स्ट्याब्लिस हुन सहयोग पुर्याउने र दोस्रो पिडिका नेपालीहरुलाई भाषा, साहित्य, नेपाली कल्चर सिकाउने । त्यसका लागि त्यो देशको राष्ट्रिय समन्वय परिषद्हरुले त्यस्ता खालका कार्यक्रमहरु ल्याउन पर्छ । ती नेपालीहरु र हाम्रा बालबच्चाहरुलाई पनि नेपालसँग कनेक्टेड गराउने भनेको नेपाली नागरिकताको निरन्तरता नै हो । अर्को भनेको महिला र यूवाहरुलाई संस्थामा आवद्ध गराउने । अहिलेको हाम्रो संसोधित विधानमै हामीले केन्द्रिय समितिमा मात्रै १५ पद महिला र यूवाहरुको लागि छुट्याइएको छ । आरक्षित पदहरु हामीले थपेका छौँ । र यी महिला र यूवाहरु पनि सेकेन्ड जेनेरेशनका आउन । हाम्रा नयाँ पिँढिका बच्चाहरु आउन भन्ने हामीहरु चाहन्छौँ । यीनै कुराहरुलाई समेटेर अगाडि लाने नै हो । म एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेको कारणले गर्दा कोषलाई कसरी संचालन गर्नुपर्छ, संस्थालाई फाइन्नान्सेल सन्टेनेविलिटी मात्रै हैन कसरी र्यापिट्ली लानु पर्छ र कोष म्यानेज गर्नुपर्छ, संस्थाका एड्मिनिस्ट्रेशन कसरी गर्नुपर्छ भन्ने कुराको मलाई राम्री ज्ञान भईसकेको छ । संस्थामा मैले अध्यक्षको पद सम्हालेको भोलिपल्टदेखि नै के गर्ने भन्नेमा म कन्फ्यिुजनमा हुन्न ।
हामीले अब चाहेका छौ कि एनआरएनमा म्यासिभ इन्भल्मेन्ट । अहिले जुन १ लाख १० हजार पञ्जिकृत सदस्य छन्, त्यस्ता सदस्य हामीले १० लाख बनाउनुपर्छ । हामी विदेशमा ७० लाखको हाराहारीमा छौँ भन्छौँ । १ लाख १० हजारको मात्र आवद्धता भनेको मात्र १ प्रतिशत हो । अर्को भनेको हामीले विदेशमा कमाएको पैसा त ल्याएका छौँ । पुँजी र शीप खास नेपालमा आउन सकेको छैन । वौदिक वर्गको इन्भल्वमेन्ट भएको छैन । मेरो सबैभन्दा ठूलो प्राथमिकता नै वौदिक वर्गका एनआरएनहरुले आर्जन गरेका शीप र दक्षता अब नेपालमा ल्याउने हुन्छ । र अर्को भनेको सेकेन्ड जेनेरेशनकाहरुलाई आवद्ध गर्ने । यो दुईवटा मात्रै हुन सक्यो भने हामी एकदम र्यापिड्ली अगाडि बढ्न सक्छौँ ।
कुराकानीको पुरा अंशः (भिडियो)






















