images
images
  • आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’ सुरु

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय स्वाधीनता रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, पार्टी रुपान्तरण तथा समाजवाद निर्माणका आधार तयार पार्ने उद्देश्यले आजदेखि ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ ।

    आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए ।

    ‘अभियानमार्फत पार्टीका केन्द्रीय नेताको नेतृत्वमा गाउँ, वडा र तपाईंहरूकै टोलसम्म आउँदैछौँ, जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्नेछौँ’, अभियान घोषणा गर्दै उनले भने, ‘महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुमवासी र श्रमिकका समस्या तथा वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य र अनुभव सङ्कलन गर्नेछौँ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images