images
images
  • आज जन्मिने बच्चाको राशि धनु हुने, कस्तो छ आजको राशिफल ?

    काठमाडौं– आज विक्रम सम्वत् २०८३ भदौ ८ गते सोमबार, ईस्वी सम्वत् २०२६ अगस्त २४, नेपाल सम्बत ११४६ गुलाथ्व द्वादशी ।

    आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३५ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशिको हुनेछ ।

    पढ्नुहोस् आजको राशिफल–

    मेष Aries : घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । वैदेशिक यात्रा हुनसक्छ।

    वृष Taurus : व्यावसायिक अल्झन देखा पर्ला । कार्यमा उत्साह बढ्नेछ। प्राविधिक क्षेत्र सबल बन्नेछ । कला क्षेत्रमा सुधार आउनेछ।

    मिथुन Gemini : रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ। मनग्य आम्दानी हुनेछ ।

    कर्कट Cancer : सुखदुखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ।

    सिंह Leo : आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ।

    कन्या Virgo : प्रतिभा प्रदर्शन गरेरै धेरैलाई अचम्मित पार्न सकिनेछ। ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ।

    तुला Libra : रोकिएका अधुरा कामहरु पूरा हुनेछन भने नयाँ काम शुरु गर्ने योग रहेको छ । शैक्षिक लगानी बढ्नेछ। मनग्य धन आर्जन हुनेछ ।

    वृश्चिक Scorpio : घरायसी काममा रुची बढ्नेछ । अरूको विश्वास सजिलै जित्न सकिनेछ ।मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ।

    धनु Sagittarius : धार्मिक कार्यमा रुचि बढ्नेछ । सिर्जनात्मक कार्य हुनेछन्। मानसिक चिन्तन एवं पराक्रम बढ्नेछ । परोपकारी काममा समय बित्नेछ ।

    मकर Capricorn : आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। टाढिएका साथीभाइ नजिकिनाले सुखदुखमा साथ दिनेहरू भेटिनेछन्। काममा विभिन्न अवसर पाइनेछ।

    कुम्भ Aquarius : फाइदा हुने काम प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। आँट गर्दा जटिल काम समेत सफल हुन सक्छ।

    मीन Pisces : अध्ययन अध्यापनमा प्रगति हुनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images