काठमाडौं– आज बिक्रम सम्वत् २०८३ भभदौ ४ गते बिहीबार ईस्वी सम्वत् २०२६ अगस्त २० नेपाल सम्बत ११४६ गुलाथ्व अष्टमी ।
रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पक्ष अष्टमी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, एन्द्र योग, विष्टि करण ।
आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३९ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछन् । आज विश्व लामखुट्टे दिवस परेको छ ।
पढ्नुहोस् आजको राशिफल–
मेष Aries : विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।
वृष Taurus : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।
मिथुन Gemini : नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।
कर्कट Cancer : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।
सिंह Leo : रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।
कन्या Virgo : सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।
तुला Libra : प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।
वृश्चिक Scorpio : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।
धनु Sagittarius : विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।
मकर Capricorn : काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।
कुम्भ Aquarius : सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।
मीन Pisces : अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।



















