images
images
  • आज जन्मिने बच्चा तुला राशीको हुने, पढ्नुहोस् फलादेश

    काठमाडौं– आज विक्रम सम्वत् २०८३ भाद्र २ गते मंगलबार ईस्वी सम्वत् २०२६ अगस्त १८ नेपाल सम्बत ११४६ गुलाथ्व षष्ठी ।

    रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पक्ष षष्ठी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, शुक्ल योग, कौलव करण ।

    आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४१ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कल्की जयन्ती मनाइँदै छ ।

    पढ्नुहोस् आजको राशिफल ?

    मेष Aries : तपाईंलाई रमाइलो यात्रामा जानको लागि अवसर मिल्न सक्छ। यस क्रममा मन मिल्ने साथी भेटिने सम्भावना छ र प्रेमको सम्बन्ध बलियो हुनेछ। तर, केही कामका लागि अतिरिक्त चुनौतीहरू पनि आइपर्न सक्छन्।

    वृष Taurus : सामान्य देखिनुका बाबजुद, ठूलो खाँचो पूरा हुनेछ। विभिन्न अवसरहरूले तपाईंको पछ्याइँ गर्नेछन् र कठिन परिश्रम गर्दा राम्रो अवसर प्राप्त हुनेछ।

    मिथुन Gemini : नयाँ व्यवसाय सुरु गर्ने अवसर छ। महत्वपूर्ण कार्य गरेर तपाईं प्रतिष्ठा, पुरस्कार र सम्मान कमाउनुहुनेछ। पारिवारिक भेटघाटले खुशी ल्याउनेछ।

    कर्कट Cancer : काममा सुधार आउनेछ र पहिले असमर्थ देखिएका कामहरू सफल हुनेछन्, जसले उत्साह बढाउनेछ। एउटै कामबाट दोहोरो फाइदा प्राप्त हुनेछ। समुदायको लागि गरिएका प्रयासहरूको प्रशंसा हुनेछ।

    सिंह Leo : परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। तपाईंको श्रमको उचित मूल्य पाइनेछ र आम्दानी बढ्नेछ।

    कन्या Virgo : तपाईंका प्रशंसकहरू बढ्नेछन् र सम्मान पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै नियन्त्रण गर्न सकिनेछ र तपाईंको सहयोगीहरूको समर्थनले व्यवसायमा ठूलो फाइदा ल्याउनेछ।

    तुला Libra : अध्यान र अध्यापनमा प्रगति हुनेछ। तपाईंको बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नेछ र तपाईं सजिलै कामहरू पूरा गर्न सक्नुहुनेछ। रमाइलो यात्राको योग रहेको छ।

    वृश्चिक Scorpio : विशिष्ट व्यक्तित्वको सहयोगले तपाईंलाई विशेष अवसर मिल्नेछ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ।

    धनु Sagittarius : तपाईंको क्षेत्रमा प्रभुत्व जमाउने समय आएको छ। पैत्रिक सम्पत्तिको प्रयोग गरेर थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी तपाईंलाई मिल्नेछ।

    मकर Capricorn : विगतका कमजोरीहरू सुधार्ने अवसर पाइनेछ। विशिष्ट व्यक्तित्वको सहयोगले तपाईंलाई विशेष अवसर प्राप्त हुनेछ। व्यापारबाट लाभ मिल्नेछ।

    कुम्भ Aquarius : सुरुमा केही खर्च लागे पनि तपाईंले सोचेका कार्यहरू सफल हुनेछन्। व्यवसायमा लगानी बढाउने अवसर आउन सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने सम्भावना छ।

    मीन Pisces : तपाईंलाई विगतका कमजोरीहरू सुधार्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोगले तपाईंलाई विशेष अवसर प्राप्त हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images