आज विक्रम सम्वत् २०८३ साउन २८ गते बिहीबार । ईस्वी सम्वत् २०२६ अगस्त १३ । नेपाल सम्बत ११४६ गुलाथ्व पारु ।
रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल कृष्ण पक्ष प्रतिपदा, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, वरियान योग, किन्स्तुघ्ना करण ।
आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४५ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।
मेष Aries : सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।
वृष Taurus : नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।
मिथुन Gemini : परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।
कर्कट Cancer : सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।
सिंह Leo : साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।
कन्या Virgo : टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ ।
तुला Libra : व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।
वृश्चिक Scorpio : ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।
धनु Sagittarius : रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ ।
मकर Capricorn : समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।
कुम्भ Aquarius : सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
मीन Pisces : सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।



















