images
images
  • तपाइँको राशि कुन हो ? पढ्नुहोस् आजको फलादेश

    काठमाडौं– आज विक्रम सम्वत् २०८३ साउन २७ गते बुधबार, ईस्वी सम्वत् २०२६ अगस्त १२ र नेपाल सम्बत ११४६ दिल्लागा हो ।

    रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण कृष्ण पक्ष औँसी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, व्यतीपात योग, चतुश्पाद करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४६ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

    मेष Aries : काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ ।

    वृष Taurus : नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

    मिथुन Gemini : काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ ।

    कर्कट Cancer : साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।

    सिंह Leo : प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।

    कन्या Virgo : सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

    तुला Libra : बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन ।

    वृश्चिक Scorpio : विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

    धनु Sagittarius : नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन । मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारसंग भेट हुनेछ ।

    मकर Capricorn : सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।

    कुम्भ Aquarius : साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ ।

    मीन Pisces : शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images