images
images
  • बेलायतमा नयाँ प्रधानमन्त्री को बन्दैछ ?

    काठमाडौं– लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी बर्नहम सोमबार बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।

    उनले गत महिना राजीनामा घोषणा गरेका किअर स्टार्मरलाई प्रतिस्थापन गर्नेछन् ।

    सत्तारुढ लेबर पार्टीको नेताका रूपमा स्टार्मरको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा बर्नहम एक्लो उम्मेदवार बनेका थिए ।

    बेलायती संसदीय परम्पराअनुसार संसदको तल्लो सदन हाउस अफ कमन्समा बहुमत रहेको दलका नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ ।

    बर्नहमले लेबर पार्टीका ४०१ सांसदमध्ये ३४९ जनाको समर्थन प्राप्त गरेपछि शुक्रबार पार्टीको विशेष सम्मेलनबाट उनलाई नेता घोषणा गरिएको थियो ।

    यद्यपि, उनी औपचारिक रूपमा सोमबार मात्र प्रधानमन्त्री बन्नेछन् ।

    त्यसका लागि उनले बकिङ्घम दरबारमा राजा चाल्र्स तृतीयसँग भेट गरी सरकार गठनको निम्तो प्राप्त गर्नेछन् ।

    त्यसअघिसम्म स्टार्मरले कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images