images
images
  • सुकुम्बासी मोर्चा नेपालद्वारा ‘गणतन्त्र जिन्दावाद, गन तन्त्र मुर्दावाद’ भन्दै माइतीघरमा प्रदर्शन

    काठमाडाैं ।

    काठमाडौंको माइतीघर मण्डला मा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन–जेड मुभमेन्ट अलायन्सले बिहीबार प्रदर्शन गरेका छन्।

    ‘गणतन्त्र जिन्दावाद, गन तन्त्र मुर्दावाद’ भन्ने नारासहित आयोजित कार्यक्रममा कविता, नाटक, वक्तव्य तथा सिठ्ठी जुलुस गरेका थिए  ।

    प्रदर्शनमा सहभागीहरूले ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’, ‘घर खोस्ने शासक चाहिँदैन’, ‘जनविरोधी निर्णय मान्दैनौं’ र ‘डोजर होइन समाधान दे, सुकुम्बासीलाई सम्मान दे’ लगायतका प्लेकार्ड बोकेर सरकारको विरोध गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images