काठमाडौं- धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटार बस्दै आएका २७ वर्षीय जनक परियार रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार परियारले धार्मिक भावनामा आघात पुग्ने तथा सामाजिक सद्भाव खल्बलिने किसिमको अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्






















