काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका लागि मंगलवार धनगढी पुग्ने भएका छन् ।
पार्टीको साङ्गठनिक सुदृढीकरण र चुनावी प्रचारप्रसारमा सहभागी हुन उनी सुदूरपश्चिम आउन लागेका हुन् ।
रास्वपा नेतृ जसुदेवी भट्टका अनुसार शाह मङ्गलबार बिहान नेपालगन्जको मार्ग हुँदै धनगढी आइपुग्नेछन् ।
धनगढीमा उनले स्थानीय नेता, कार्यकर्ता तथा पार्टीका शुभचिन्तकहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ । शाह तीन दिनसम्म सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।
अछाम क्षेत्र नम्बर २ का उम्मेदवार भूपदेव शाहका अनुसार बालेन पहाडी जिल्लाहरू हुँदै अछाम पुग्ने र त्यसपछि कर्णाली प्रदेशको राजधानी सुर्खेत प्रस्थान गर्ने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस्























