images
images
  • सुदूरपश्चिम प्रदेशबाट एमालेको लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी

    काठमाडौं- सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीलाकुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्।

    प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मतभार प्राप्त गरिन्।

    यसैगरी, अन्य समूहबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत प्राप्त गरेका थिए।

    महिला समूह र अन्य समूह गरी दुई पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए । निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच गठबन्धन रहेको थियो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images