images
images
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो । यस आधारमा बिहीबार छापावाल सुन तोलामा २ हजार रुपैयाँ घटेको छ ।

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ९३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ४ हजार ८३५ रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images