images
images
  • गणतन्त्र दिवसमा उपस्थित नभएको निहुँमा सभामुख हटाउने तयारीमा कांग्रेस–एमाले

    काठमाडौं– कोशी प्रदेशमा कांग्रेस–एमाले गठबन्धन सभामुख अम्बरबहादुर विष्टलाई हटाउने तयारीमा लागेको छ ।

    तर, दुई दलको संयन्त्र बैठकमा यो विषय औपचारिक रूपमा प्रवेश पाएको छैन ।

    राप्रपा सांसद विष्टमाथि गणतन्त्र विरोधी अभिव्यक्ति र राजतन्त्र समर्थक धारणा राख्ने आरोप छ ।

    गणतन्त्र दिवसको प्रभातफेरी र छलफल कार्यक्रममा उनले सहभागी नभएकै कारण आलोचना भएको थियो ।

    उनी २०८० पुस २४ मा एमाले–राप्रपाको समर्थनमा निर्विरोध सभामुख बनेका थिए ।

    हाल ९३ सदस्यीय प्रदेश सभामा एमालेका ४१ र कांग्रेसका २९ सांसद छन्, जसले सभामुख हटाउन पर्याप्त संख्या दिन्छ ।

    सभामुख फेर्दा कांग्रेसले मौका पाउने व्यवस्था छ ।

    यसअघि बाबुराम गौतमले माओवादीतर्फबाट सभामुख बने पनि अदालतको फैसलापछि राजीनामा दिएपछि पद पाँच महिना रिक्त भएको थियो ।

    त्यसपछि विष्ट निर्विरोध निर्वाचित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images