images
images
  • कोशीमा सत्ताको कोर्स फेरबदलको गृहकार्यमा मुख्यमन्त्री, रेडजोनमा वन र कृषिमन्त्री

    काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

    Hikmat karki koshi pradesh kp oli 1024x624 1

    भेटमा मुख्यतः मन्त्रिपरिषद् फेरबदलसम्बन्धी विषयमा छलफल भएको छ ।

    मुख्यमन्त्री कार्कीले प्रदेशको समग्र परिस्थितिबारे दुवै नेतालाई जानकारी गराएका छन् ।

    मन्त्री फेरबदलका निर्णय माथिबाट सल्लाह गरेर गरिने बताइएको छ ।

    कांग्रेस संसदीय दलभित्रको विवादका कारण हाल मन्त्री फेरबदल रोकिएको स्रोतले जनाएको छ ।

    हाल पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र कृषिमन्त्री खगेनसिंह हाङगाम विवादमा छन् ।

    एमाले संसदीय दलका स्रोत अनुसार कांग्रेसभित्रको विवाद समाधान भएपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images