images
images
  • बाजुरामा बाढीले बगायो दुई पसल, दर्जन पसल जोखिममा

    बाजुरा । बिहीबार राति अविरल वर्षासँगै आएको बाढीले बाजुराको बाम्का बजारमा क्षति पुर्‍याएको छ ।

    जिल्लाको बुढीगंगा नगरपालिका ६ बाम्का बजारको छेउमा रहेको छडा खोलामा आएको बाढी बजारमा पसेपछि दुई पसलसहित अन्य पसलमा क्षति गरेको बार्जुगाड प्रहरी चौकीले जनाएको छ ।

    खोलामा आएको बाढीले दुईवटा पसल बगाएको छ । खोलामा आएको बाढी बाम्का बजारमा पसेपछि एक होटेल र एक ग्यारेज पसल बगाएको हो । बजारमा होटल व्यवसायी गर्दै आएका त्रिवेणी नगरपालिकाका लोकेश नाथको होटेल र सोही नगरपालिकाका ग्यारेज सञ्चालन गर्दै आएका मनबहादुर थापाको पसल बगाएको बार्जुगाड प्रहरी चौकीका सई रामबहादुर थापाले जानकारी दिए ।

    बाम्का बजारका एक दर्जनभन्दा बढी पसलभित्र पानी माटो पसेर पसलमा क्षति भएको थापाले बताए । छडा खोलामा आएको बाढीले पसलहरुको पछाडि भागबाट कटान गर्दा पसलहरूमा क्षति गरेको हो ।

    सई थापाका अनुसार दर्जन बढी पसलमा पानी पसेर क्षति भएको छ ।

    बाम्कामा रहेका विभिन्न पसलहरुमा पानी पसेपछि सिमेन्ट, दैनिक उपभोग्य सामान, मोटरसाईकल मर्मतका पाटपूर्जा, टायर लगायत धेरै सामग्री केही बगाएको छ ।

    बाढी पहिरोका कारण बाजुरा मार्तडी सडक खण्ड अबरुद्ध भइ आवतजातमा समस्या भएको छ  ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images