images
images
  • धानको उचित मूल्य नपाउँदा किसान निराश

    नवलपरासी : मध्यविन्दु नगरपालिका-२ का किसान दानबहादुर आले धानले राम्रो भाउ नपाउँदा चिन्तित छन् प्रतिक्विन्टल दुई हजार २०० मात्र पाउँदा उनी खिन्न भएका छन्। गत वर्ष तीन हजारभन्दा बढी मूल्यमा उनले धान बेचेका थिए।

    बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका बताउँछन्। यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो। उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका उनले बताए।

    गैंडाकोटका किसान मानबहादुर थारुले दुई हजार २०० प्रतिक्विन्टलका दरले धान बेचेको बताए। हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ।

    सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले बताए। भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनले बताए। यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images