images
images
  • अफ्रिकन स्वाइन फिभरले सुनसरीमा मरे ३६ बंगुर

    इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको संक्रमणका कारण ३६ बंगुर मरेका छन् ।

    स्थानीयले व्यावसायिक रूपमा पालेका बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए ।

    बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बंगुरमा संक्रमण देखिएको छ भने १७ वटा मरेका छन् । बराह बंगुर फार्ममा १५ वटामा संक्रमण देखिएको छ भने सात बंगुर मरेका छन् ।

    उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बंगुरफार्ममा २२ वटामा संक्रमण देखिएको छ भने १२ वटा मरेका छन् ।

    बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बंगुर मरेका छन् । ५७ वटामा अझै संक्रमण रहेको डा. महतोले बताए ।

    यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा संक्रमण देखिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images