images
images
  • रसुवाकाे लाङटाङ–क्यान्जिन पदमार्गमा नेपाल टेलिकमको 4G सेवा सुरु

    काठमाडौं – नेपाल टेलिकमले नेपालको प्रसिद्ध तथा सुन्दर पदयात्रा गन्तव्यका रूपमा चिनिने लाङटाङ–क्यान्जिन पदमार्गमा 4G मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। सो सेवा उक्त क्षेत्रका स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई लक्षित गर्दै सुरु गरिएको हो।

    काठमाडौँबाट सबैभन्दा नजिकको हिमाली पदयात्रा गन्तव्य मानिने यस क्षेत्रमा अब टेलिकमको 4G सेवामार्फत पर्यटकहरूले यात्राका क्रममा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनहरूसँग तत्काल साझा गर्न सक्नेछन्।

    समुद्री सतहबाट करिब ३८०० मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बीटीएस (बेस ट्रान्ससिभर स्टेसन) जडान गरेर सेवा विस्तार गरिएको हो।

    रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने, स्याफ्रुबेसीबाट करिब दुई दिनको पैदलयात्रामा पुगिने क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि एक लोकप्रिय गन्तव्य हो । लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने यस उपत्यकामा 4G सेवा विस्तार भएसँगै स्थानीयवासी, आगन्तुक पर्यटक तथा पर्यटन व्यवसायमा संलग्न व्यक्तिहरूलाई सञ्चार पहुँचमा सहजता पुग्ने विश्वास नेपाल टेलिकमले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images