images
images
  • कम्पनी विवरण अद्यावधिक गर्दा वास्तविक सेयर धनी घोषणा अनिवार्य हुनुपर्ने नयाँ नीति लागू

    काठमाडौँ – अबदेखि कुनै पनि नयाँ कम्पनी दर्ता गर्दा वा दर्ता भइसकेका कम्पनीमा सेयर हस्तान्तरण गर्दा, ‘वास्तविक सेयर धनी’ तथा ‘लाभदायी स्वामित्व’ (Beneficial Ownership) सम्बन्धी विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ।

    कम्पनी रजिस्ट्रारको कार्यालयले मङ्गलवार सूचना जारी गर्दै कम्पनीहरूलाई सो विवरण अनिवार्य रूपमा अद्यावधिक गराउन वा नयाँ दर्ताको अवस्थामा घोषणासमेत गर्न निर्देशन दिएको हो।

    सूचना अनुसार, कुनै कम्पनीको सेयर माथि स्वामित्व लिने व्यक्ति वा संस्थाको विवरण अब कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणालीमा स्पष्ट रूपमा अद्यावधिक गरिनुपर्नेछ। यो व्यवस्था विशेष गरी होल्डिङ्स कम्पनीहरूलाई लक्षित गरी ल्याइएको हो।

    ‘कम्पनी ऐन, २०६३’ र ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४’अनुसार, सेयर कुनै अन्य व्यक्तिको आंशिक वा पूर्ण स्वामित्वमा (बेनेफिसरी) भएमा सो व्यक्तिको पहिचान र हकको प्रकृति स्पष्ट पार्नुपर्नेछ। यो प्रक्रिया कम्पनीको पारदर्शिता र वित्तीय शुद्धतामा जोड दिन गरिएको हो।

    रजिस्ट्रारको कार्यालयले २६ चैतमा गरेको निर्णयको आधारमा जारी गरिएको सूचनामा भनिएको छ, ‘यस कार्यालयमा दर्ता भएका कम्पनीका सेयर धनीहरूको सेयर अन्य व्यक्तिको हकमा भएमा, वास्तविक धनी (Beneficial Owner) को विवरण तुरुन्त सङ्कलन गर्न सबै कम्पनीहरूलाई यो निर्देशन दिइएको छ।’

    111 J9PEIRXWqB

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images