images
images
  • वर्षाका कारण विष्णुमति करिडोरमा पानी जम्दा सवारी आवागमन अस्तव्यस्त

    काठमाडौं – काठमाडौंमा मंगलबार दिउँसो परेको वर्षाका कारण करिडोर क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ ।

    केहीबेर अघि काठमाडौंसहित उपत्यकाका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । वर्षापछि विभिन्न बागमती, विष्णुमति लगायतका नदीमा पानीको सतह बढेको छ ।

    यसैबीच सोह्रखुट्टेबाट कालिमाटीतर्फ निस्कने विष्णुमति खोला छेउको करिडोर केहीबेर हिलाम्मे भएको थियो । सडक हिलाम्मे भएपछि सवारी आवागमनमा पनि असर परेको थियो ।

    काठमाडौं महानगरपालिका– १९ टंकेश्वरी भन्ने स्थानमा पानी जमेपछि सवारी साधनमा यात्रा गरिरहेकाहरू समस्यामा परेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images