images
images
  • झापामा पोखरीमा डुबेर एक जनाको मृत्यु


    झापा । जिल्लाको अर्जुनधारा नगरपालिका ११ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही स्थानमा बस्ने बर्ष ४० को माइकल सोरेन रहेको प्रहरीले जनाएको छ । आइतबार करिब ५ बजेर ४० मिनेट जाँदा सोरेन पोखरीमा डुबेर बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

    जानकारी पाएलगत्तै श्रीनाथ गण चारआलीका क्याप्टेन प्रशान्त केसीको नेतृत्वमा १८ जना नेपाली सेना, शनिश्चरे प्रहरी चौकी, बिपत ब्यवस्थापन कार्यालय चन्द्रगढी, इलाका प्रहरी कार्यालय अनारमनीका गरि करिब २० जना नेपाल प्रहरी र स्थानीयबासीले पौने १२ बजेसम्म खोजतलास गरेपनि लास फेला पार्न सकेको थिएन ।

    पुनः ७ गते बिहानै देखि सोरेनको खोजी गर्दा बिहानको १० बजे लास फेला पारी पोस्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

    मृतक सोरेन अर्जुनधारा नगरपालिकाका मेयर हरी रानाको घरमा काम गरि उनकै घर नजिकै रहेको पोखरीमा माछा मार्ने क्रममा डुबेको प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images