images
images
  • लडेर घाइते बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार


    बाजुरा । प्रतिकूल मौसमले भीरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ बस्ने १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

    प्रतिकूल मौसमका कारणले चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट किशोरीको थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भए पनि उद्धार हुन नसकेकी बालिकालाई आज बिहान मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताए।

    आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशले किशोरीलाई उद्धारका लागि हेलिकप्टर पठाएको बताइएको छ।

    गाउँ नजिकै रहेको रुपासैनी भीरमा घाँस काटिरहेको बेला बुधबार साँझ लडेर ललिता गम्भीर घाइते भएकी हुन्। उनलाई तत्काल आफन्तले बोकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images