मेष – रमाइलो यात्राको योग रहेको छ । रमाइलो भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन्।
वृष – सानै प्रयासले काममा सफलता मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन्। सामाजिक काममा व्यस्त रहनुपर्नेछ।
मिथुन – व्यापार व्यवसायमा लाभ हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। अचल सम्पत्तिको कारोबार बढ्नेछ। रोकिएका अधुरा कामहरु बन्नेछन्।
कर्कट –दाम्पत्य जीबन सुखमय रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ।
सिंह- रोजगारीको नयाँ अवसर मिल्नेछ। कूटनीतिक कार्यहरु सफल हुनेछन्। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। मन प्रशन्न रहनेछ।
कन्या- उत्साह र स्फूर्ति बढ्नेछ । सामाजिक कामहरु सफल हुनेछन्। ठूला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ।
तुला -सोचेको आटेको काममा सफलता मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ। साथीभाइसँग भेटघाटमा मन खुसी रहनेछ।
वृश्चिक – धार्मिक र सामाजिक काममा मन जानेछ। व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ । मेहनत गरे कामहरु सफल हुनेछन्।
धनु – सामाजिक कार्यमा तत्परता रहनेछ । वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुची बढ्नेछ ।
मकर – अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ । वैदेशिक कार्यहरू बन्नेछन्। जागिरमा पदोन्नतिको योग रहेको छ ।
कुम्भ – शत्रुहरु पराजित हुनेछन्। धार्मिक र सामाजिक काममा रुची बढ्नेछ। काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ।
मीन – रोकिएका अधुरा कामहरु सुचारु हुनेछन्। बिछोडिएका मित्रसँग भेट हुनेछ। मनमा हर्ष बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।




















