images
images
  • यस्तो छ तपाईँको आजको राशिफल

    आज मिति २०८१ पुस १२ गते शुक्रबार। तदनुसार २०२४ डिसेम्बर २७। पुष कृष्ण द्वादशी तिथि। धृति कौलव विशाखा पञ्चाङ्गको दिनको राशिफल।

    मेष – कृषि कार्यमा सफलता प्राप्त हुनेछ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ। मानसिक तनाब यथावत् रहने छ। धन सञ्चित गर्ने अवसर प्राप्त हुनेछ।

    वृष- आकस्मिक धनप्राप्ति हुनेछ। महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ। सुख प्राप्त हुनेछ। साथीभाइबाट धोका हुनसक्छ। शत्रू पराजित हुनछन्।

    मिथुन – प्रेममा सफलता मिल्नेछ। मनमा हर्ष बढ्नेछ। जागिरमा पदोन्नति हुनेछ। शैक्षिक क्षेत्रमा सुधार हुनेछ। अनावस्यक खर्च बढ्ने देखिन्छ।

    कर्कट-  चन्चलता बढ्नेछ। अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ। स्वास्थ्यमा कफको समस्या बढ्नेछ। पारिवारिक सुखप्राप्ति हुनेछ।

    सिंह- सन्तानबाट सहयोग मिल्नेछ। महत्त्वपूर्ण काम सफल हुनेछन्। महत्त्वपूर्ण व्यक्तिहरुसँग भेटघाट हुनेछ। राजनैतिक व्यस्तता बढ्नेछ।

    कन्या- व्यवसायमा लगानी बढ्नेछ। मानसिक बिचलन रहनेछ। महत्त्वपूर्ण कार्यमा अवरोध आउनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ।

    तुला- इच्छा शक्ति बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । राजनैतिक क्षमताको विकास हुनेछ । नेतृत्व क्षमता वृद्धि हुनेछ । मानसिक तनाब बढ्नेछ।

    वृश्चिक- मेहनत गरे काममा सफलता मिल्नेछ। आलस्यता बढ्नेछ। पद प्रतिष्ठा प्राप्त हुनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

    धनु-  धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ। पारिवारिक सद्भाव कायम रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मन प्रसन्न रहनेछ।

    मकर- मेहनत गरे महत्वपूर्ण कार्य बन्नेछन्। सामाजिक कार्यमा सफलता मिल्नेछ। आय आर्जनका स्रोत फेला पर्नेछन्। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

    कुम्भ – व्यवसायमा सफलता प्राप्त हुनेछ। साथीभाइसँग भेटघाटमा मन प्रसन्न रहनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ।

    मीन – साथीभायको सहयोग प्राप्त हुनेछ। सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। स्वास्थ्यमा समस्या देखा पर्नेछ। सामाजिक कार्य बढ्नेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images