images
images
  • दाङमा सर्पले डसेर १२ वर्षीया बालिकाको मृत्यु


    दाङ । देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गढवा गाउँपालिका –७ बिजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोरा रहेको छ ।

    आज बिहान करिब साढे सात बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई लमहीस्थित अस्पतालमा ल्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेको मृतक बालिकाकी आमा सरिता बोहोराले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images