images
images
  • पुस १७ गतेदेखि सगरमाथा क्षेत्रमा हेलिकप्टर उडाउन रोक, उद्धार उडान मात्रै गर्न पाउने

    काठमाडौं – सरकारले आगामी पुष १७ गतेदेखि सगरमाथा – EVEREST – क्षेत्रमा हेलिकप्टर उडाउन रोक लगाउने निर्णय गरेको छ ।

    अंग्रेजी नयाँ वर्ष १ जनवरी २०२५ देखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको हो ।

    सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उक्त निर्णयबारे जानकारी गराइसकेको छ ।

    निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो ।

    अबदेखि पर्यटक तथा स्थानीयको उद्धार तथा मालसामान ढुवानी बाहेक व्यावसायिक रूपमा हेलिकप्टर उडाउन नपाइने निर्णय भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images