
काठमाडौं – नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस विवरण अनुसार कम्पनीको वित्तीय प्रदर्शनमा गिरावट आएको देखिएको छ।
टेलिकमको प्रतिवेदन अनुसार खुद नाफामा कमी आएको देखिन्छ । चालु वर्षको असोज मसान्तसम्म कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशतले कम हो।
प्रतिवेदनमा कुल नाफा कम हुनको मुख्य कारण कम्पनीको कुल आम्दानीमा भएको गिरावट रहेको उल्लेख छ।
यद्यपि, ग्राहकसँगको सम्झौता आम्दानीमा १.११ प्रतिशतको वृद्धि भएको छ।
वित्तीय आम्दानीमा ३३ प्रतिशतको उल्लेखनीय गिरावट आएको छ।
यी दुवै कारणले गर्दा समग्रमा कुल आम्दानी ५.४९ प्रतिशतले घटेको छ।
प्रति सेयर आम्दानी र अन्य सूचकहरू
प्रति सेयर आम्दानी (EPS): खुद नाफामा कमी आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेर ३८ रुपैयाँ ६६ पैसा पुगेको छ।
प्रति सेयर नेटवर्थस् असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५३५ रुपैयाँ ९ पैसा रहेको छ।
मूल्य आम्दानी अनुपात (P/E Ratio): कम्पनीको मूल्य आम्दानी अनुपात २५।८३ गुणामा उभिएको छ।
अन्य विवरणहरू
चुक्ता पूँजी : कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ।
जगेडा कोष : कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ सञ्चित रहेको छ।
प्रतिक्रिया दिनुहोस्