images
images
  • भारतीय सिमानाकाबाट चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद

    सुनसरी – सशस्त्र प्रहरी–४ नम्बर गणले चालु आर्थिक वर्षको चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद गरेको छ ।

    सशस्त्र प्रहरी सुनसरीले सुरु गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत उक्त परिमाणमा गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।

    खुला सीमाको प्रयोग गरेर भारतीय बजार तर्फ लगिरहेका बेला सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा गाँजा बरामद गरेको उनले बताए ।

    सोही अवधिमा ब्राउन सुगर ९१ दशमलव ७९ ग्राम, ट्रमानील १८ हजार ४ सय ५० पीस बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको ।

    बरामद गाँजा तथा लागुऔषध नेपाल प्रहरीलाई आवश्यक कारबाहीका लागि बुझाइएको उनले बताए । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images