images
images
  • बुढेसकालमा वडाअध्यक्ष बनेका झापाका ओली घुससहित पक्राउ, विशेष अदालतमा मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका वडा अध्यक्ष विरुद्ध मुद्दा दायर गरेको छ ।

    आयोगले झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि घुस मागेको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेको थियो ।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान हुँदा ओलीले सेवा ग्राहीसँग घुस लिएको पुष्टि भएकाले बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिएर सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उनको उमेरवारे विज्ञप्तिमा उल्लेख नगरेपनि बुद्धशान्ति गाउँपालिकाको वेवसाइटमा उलपब्ध तस्वीरले वडाअध्यक्ष ओली अन्य सबै जनप्रतिनिधिभन्दा पाको उमेरका देखिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images