images
images
  • काठमाडौंको नागार्जुनमा पासो थापेर चितुवा नियन्त्रणमा, राष्ट्रिय निकुञ्जमा लगेर छोडिने

    काठमाडौं । नागार्जुन नगरपालिकाको एलो गुम्बा नजिक पासो थापेर चितुवा नियन्त्रणमा लगिएको छ ।

    पाँच नम्बर वडा कार्यालयले चितुवा बस्तीमा पसेर दुःख दिएको भन्दै डिभिजन वन कार्यालय काठमाडौंमा निवेदन दिएपछि वन कार्यालयको टोलीले पासो थापेर चितुवा नियन्त्रणमा लिएको हो ।

    १० दिन अघि कार्ायलयले थापेको पासोमा बुधवार बिहान एउटा चितुवा परेको हो । उक्त चितुवालाई पासोमा पार्न वन कार्यालयको टोलीले तीन वटा लोकल कुखुराको प्रयोग गरेको जनाएको छ ।

    आज बिहान करिब ६ बजे चितुवा पासोमा परेको जानकारी पाएपछि वन कार्यालयबाट वन अधिकृत शंकर थापा, पशु चिकित्सक डा. आशुतोष भट्ट, सशस्त्र वन रक्षक रामचन्द्र सापकोटा र कार्यालय सहयोगी भैरव भट्टसहितको टोली त्यहाँ पुगेको थियो । टोलीले चितुवालाई पासोबाट खोरमा सारेर हात्तीसारस्थित वन कार्यालयमा पुर्याएको छ ।

    काठमाडौंमा केही वर्षयता चितुवा बस्तीमा पसेर मानिसलाई समेत आक्रमण गर्ने गरेको छ । चितुवा आतंक बढेपछि स्थानीयले पक्रन वन कार्यालयलाई गुहार्ने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images