images
images
  • विराटनगरको लाइफगार्ड अस्पतालमा कसरी लाग्यो आगो

    विराटनगर । विराटनगरस्थि लाइफगार्ड अस्पतालमा आगलागी भएको छ ‌। प्रहरीका अनुसार अस्पतालको आईसीयू कक्षमा आइतबार दिउँसो आगलागी भएको हो ।

    अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले दिउँसो ३ बजेतिर एक्कासि आगलागी सुरु भएको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए ।

    आगलागी नियन्त्रणमा लिन विराटनगर महानगरसहितका पालिकाबाट आएका दमकल परिचालन गरिएको श्रेष्ठले जनाए । उनका अनुसार, आईसीयूमा बिरामी भने थिएनन् ।

    अन्य वार्डका बिरामी र कुरुवाहरू सुरक्षित रहेको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अस्पताल प्रशासनको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images