images
images
  • कुलोका विषयमा विवाद भएपछि चल्यो गोली

    तुलसीपुर उपमहानगरपालिका–८ अस्वारास्थित गहतेखोलामा कुलाको विवाद भएपछि स्थानीयवासी एक युवाले गोली चलाएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्द्रगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गोली चलाएका हुन् ।

    उनले चलाएको गोली कसैलाई पनि लागेन । उनले भारतबाट पेस्तोल ल्याएको बुझिएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । आज दिउँसो  १ः०० बजेतिर पेस्तोल चलाएर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले सोही वडाको टिकरीबाट पक्राउ गरेको हो । 
    
    उनीसहित भाग्दै गरेको मोटरसाइकल चलाइरहेका तुलसीपुर उपमहानगरपालिका–८ टिकरीका आकाश चौधरीलाई पनि पक्राउ गरिएको छ । प्रहरीले पेस्तोलसहित छ राउन्ड गोली पनि बरामद गरेको जनाएको छ । भारतमा बस्दै आएका पूर्णबहादुर केही समयअघि घर आएका थिए । भारतबाट आउँदा आफूले  पेस्तोल ल्याएको प्रहरीसमक्ष बयान दिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images