६ असार २०७८, आईतवार   |  June 20, 2021
advertisement of bishwo khabr
Tika Gurung

सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

r 17

कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।

माइती नेपाल मोरङले नेपाल पत्रकार महासङ्घ मोरङमा आबद्ध पत्रकारको सुरक्षा र सहजताका लागि सर्जिकल मास्क, ग्लोब्स र सेनिटाइजरलगायत सामग्री प्रदान गरेको छ । माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले जिल्लामा खटिने सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाका लागि आज यहाँ महासङ्घका जिल्ला अध्यक्ष सन्जिव खनाललाई सो सामग्री प्रदान गर्नुभएको हो । 

सो अवसरमा संयोजक पोखरेलले कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

महासङ्घका जिल्ला अध्यक्ष खनालले प्राप्त स्वास्थ्य सामग्रीले सञ्चारकर्मीलाई स्वास्थ्य जोखिम कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै जिल्लामा २१ पत्रकार कोरोना भाइरस सङ्क्रमित भएको र तीमध्ये अहिले तीन  जना होम आइसोलेशनमा र एक जनालाई अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n