images
images
  • कोशी अस्पतालका १७ कर्मचारी निष्कासित

    काठमाडौं- विराटनगरस्थित कोशी अस्पतालले करारमा रहेका १७ जना कर्मचारीलाई निष्कासित गरेको छ। अस्पताल विकास समितिका पदाधिकारी परिवर्तन भएसँगै उनीहरूलाई कामबाट निष्कासित गरिएको हो।

    कोशी अस्पताल विकास समितिको भदौ २६ गतेको बैठकले कर्मचारी हटाएको हो। यसअघि रहेको विकास समितिले नियुक्त गरेका १७ जना कर्मचारीको करार म्याद नवीकरण नगरी सेवाबाट हटाएको छ।

    यसअघि रहेको विकास समितिले विधि र प्रक्रिया विपरीत आफू खुसी करारमा नियुक्त गरेका १७ जना कर्मचारीको म्याद थप नगरी सेवाबाट हटाएको बताएको छ । हटाइएका धेरै कर्मचारी कार्यालय सहयोगी पदका छन्।

    प्रतिक्रिया दिनुहोस्

    images
    images