images
images
  • एनआरएनएको महाधिवेशन असोज ३० देखि, यस्ता छन् आकाङ्क्षी

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलन(महाधिवेशन) असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुने संघले जनाएको छ ।

    उक्त सम्मेलनमार्फत संघको नयाँ नेतृत्व पनी चयन गरिँदैछ । केन्द्रीय नेतृत्व चयन गर्नका लागी प्रतिनिधि दर्ता प्रक्रिया शुरु भईसकेको छ । पहिलो चरणमा अगस्ट २६ तारिखसम्म संघका पूर्व पदाधिकारीहरुले ‘स्मार्ट एनआरएनए’ एपमार्फत आफ्नो प्रतिनिधि दाबी गर्न पाउने छन । बाँकी १० प्रतिशत प्रतिनिधि संघको विधान अनुरुप संघको राष्ट्रिय समितिको कार्यसमितिको सिफारिशमा अगस्ट ३० तारिखसम्म केन्द्रमा पठाउनु पर्नेछ । आवेदन दिने र छनोट प्रकृयामा गत वर्ष भन्दा फरक बनाइएको संघले दावी गरेको छ ।

    संघले ८७ मुलुकमा राष्ट्रिय समन्वय परिषद स्थापना गरेपनि ५९ देशले मात्रै अधिवेसन सम्पन्न गरेकोले ती देशबाट करिव ४२०० प्रतिनिधिले निर्वाचनमा मत हाल्न पाउनेछन । विश्वभरबाट ९६ हजार ८ सय ५० पन्जिकृत सदस्य संघमा आबद्ध भए पनि सम्मेलनमा ५९ देशका करिब ४२ सय प्रतिनिधिले मात्रै मताधिकार पाउछन । मताधिकार प्राप्त गर्ने प्रतिनिधिहरुको अन्तिम नामावली अगस्ट ३१ तारिखमा प्रकाशन गरिने संघले जनाएको छ । अघिल्लो महाधिवेसनमा प्रतिनिधी विवादका कारण निर्वाचन हुन सकेको थिएन । प्रतिनिधिहरुको नाम दर्ता गैरआवासीय नेपाली संघको संशोधित विधान २०२२ को दफा १३.७, अनुसूची ६ र ६ क र अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि ब्यवस्थानपन नियमावलीमा व्यवस्था भए बमोजिम हुने संघले जनाएको छ ।

    गैरआवासीय नेपाली संघको विधान २०२२ को दफा २४.१ मा ३१ जुलाई भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने र विधानको दफा १३.७ मा उल्लेखित अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको तोकिएको विवरण ३१ अगष्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिवालयमा पेश गर्नुपर्ने नियम रहेको छ । महाधिवेशनमा ६४ पदको लागि निर्वाचन गरिनेछ । एनआरएनएको आगामी नेतृत्वका लागि आरके शर्मा,महेश श्रेष्ठ,बद्री केसी र रविना थापाले उम्मेदवारी दिने घोषणा गरेका छन । उपाध्यक्षमा खगेन्द्र न्यौपाने, राज रेग्मी, रोविन्दप्रसाद श्रेष्ठ, नारायण आचार्य, केशव पौडेल, सुनील शाह, गणेश केसीलगाएतले उम्मेदवारी सार्वजनिक गरेका छन । युवाउपाध्यक्षमा अब्दुल बासिद र रोशन थापाले उम्मेदवारी दिएका छन ।

    यस्तै महासचिवमा गौरीराज जोशी, बुद्धिसागर सुवेदी, गंगाधर गौतम र पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरेका छन भने उपमहासचिवमा प्रविन गुरुङ, सोम सापकोटा र प्रमोद सिटौलाले उम्मेदवारी दिएका छन ।
    सचिवमा लोक दाहाल, मनोज गोर्खाली,टंक गैरे,ज्ञानेन्द्र रेग्मी, आरसी पोखरेल, कृष्णजिवी पन्तले उम्मेदवारी घोषणा गरेका छन भने अन्य पदहरुमा पनि उम्मेदवारी आउने क्रम जारी छ । हाल विश्वमा रहेका गैरआवासीय नेपालीहरु निकै उत्साहका साथ उम्मेदवारी दिईरहेका छन । एघारौं विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने चुनावको सरगर्मी भने ह्वात्तै बढेर गएको छ । गत हप्ता काठमाडौंमा भएको एनआरएन नेताहरूको जमघटले चुनावी राप बढेको प्रमाणीत गरेको छ ।

    आगामी कार्यकालको नेतृत्वमा इच्छा देखाएका आकांक्षीहरूले आफ्नो पक्षमा माहोल बनाउन गत हप्ता काठमाडौंमा निकै दौडधूप गरेका छन । दिनरात गोप्य बैठकहरू जारी राख्दै राजनितीक नेताहरुकोमा माहोल जुटाइदिन भन्दै राजनीतिक घरदैलोमै एनआरएनए नेताहरु पुग्न भ्याएका छन । विभिन्न मन्त्रीदेखि प्रधानमन्त्री र नेताहरुलाई समेत सहयोगको लागी अध्यक्षका आकान्क्षीले अनुरोध गरेका छन ।

    संघका कार्यकारी अध्यक्ष बद्री केसी, अध्यक्ष कुल आचार्य,उपाध्यक्ष राजेन्द्र कुमार (आरके) शर्मा, डिबि क्षेत्री, महेश श्रेष्ठ, नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी र महासचिव डा. केशव पौडेललगायत एनआरएनए नेताहरु यसै साता काठमाडौं ओर्लिएका थिए ।

    हाल नेतृत्वमा इच्छा देखाएका शर्मा, श्रेष्ठ, केसी र थापा आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन । केसी र थापा पुन नेतृत्वमा दोहोरिन चाहिरहेका छन । विवादै विवादपछि तीन तीन जना अध्यक्षले चलाएको अघिल्लो कार्यकालका थापा बिचको ६ महिना र केसी अन्तिम समयमा अध्यक्षको जिम्मेवारी लीईरहेका छन । कुल आचार्य, रविना थापा र केसीले छ–छ महिना ‘कार्यकारी’ भएर एनआरएनएको नेतृत्व गरे । अध्यक्षका प्रत्यासी शर्मा नेकपा माओवादी निकट मान्निछन । उनलाई मध्यपुर्व क्षेत्रले नै संयुक्त उम्मेदवारको रुपमा पठाएको छ । उनको उम्मेदवारीले अहिले बिश्वमा चर्चा पाएको छ । उनले एनआरएन इतिहासमा मध्यपुर्वले अध्यक्ष नपाएकाले नेतृत्वको माग गरेका छन । उनको मागलाई सकारात्मक रुपमा लीईएको छ । प्रधानमन्त्री प्रचण्डसँग पनि राम्रो सम्बन्ध भएका शर्मालाई नेपालको राजनीतिमा जस्तै एनआरएनमा समेत चुनावी समीकरण हुने सम्भावना पनि रहेको छ ।

    केसी चुनाव लड्ने अझै निस्चित भइसकेको छैन । उनले आफूले सोचेको जस्तो नतिजा एनसिसीमा प्राप्त नगरेपछि उनी अरुलाई नेतृत्व दिएर नेता बन्ने मुडमा रहेको उनीनिकट एक अभियन्ताले बताए । यस्तै, शर्मा र श्रेष्ठले जस्तोसुकै हालतमा भए पनि प्रतिस्पर्धामा आउने घोषणा गरिसकेका छन ।

    पछिल्ला घटनाक्रम अनुसार संघको आगामी नेतृत्वमा त्रीपक्षीय भिडन्त हुने सम्भावना केही भने रहेको छ । माओवादीको समर्थनबाट शर्मा,कांग्रेसका तर्फबाट श्रेष्ठ र एमालेले अघि सारेका केसी चुनावमा भिड्नका लागि तयारीमा लागिसकेका छन । यता नेपाली कांग्रेस समर्थीत अध्यक्ष रविना थापाले आफू उम्मेद्वारिबाट पछि नहट्ने बताएकी छन । उनले एनआरएनलाई राजनितीभन्दा माथी उठाउनुपर्ने बताईन ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images